पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ

सारांश :

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले आयल निगम घेराउ गरेका छन् ।

विद्यार्थी सङ्गठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार दुई घण्टा आयल निगम घेराउ गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए भने अनावश्यक रुपमा कर लगाएर सरकारले नै पेट्रोलियम पदार्थ मूल्य उच्च बनाएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागी बिद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको चुलो बल्न नसक्ने अवस्था आएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर नागरिकको जनजिवन सामान्य बनाउन माग गरेका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कुन दलको सरकार छ भन्ने हिसाव आफुहरुले नगर्ने भन्दै गरिव जनताको चूल्हो बल्न छाडेको कुरा महत्वपूर्ण भएको बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बिद्यार्थीको दवावले नै मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने बताएका छन् ।

निगमले पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपियाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिण्डरमा दुई सय रुपियाँले बढेको थियो । मूल्यवृद्धिसँगै एक लिटर पेट्रोलको १८० रुपियाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपियाँ तथा एक सिलिण्डर ग्याँसको मूल्य १८ सय रुपियाँ तोकिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!