विद्यालय जाँदै गरेका एक बालकको ज्यान गयो

सारांश :

विराटनगर । विद्यालय जाँदै गरेका एक बालकको मृत्यु भएको छ । उनको विद्यालय जाँदै गरेको अवस्थामा खोलाले बगाएर मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राई रहेको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिएका छन् ।

वडाध्यक्षका अनुसार तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर श्यामलाई स्थानीय गोविने खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पुर्याएको अवस्थामा ९:५० बजेतिर शव फेला परेको तामाङले बताएका छन् । बालकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ ।

मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयका प्रधानाध्यापक सुजन थेवेका अनुसार याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ आइपुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्छ । २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जनाजति बालबालिका अध्ययनका लागि आउने गरेको जानकारी थेवेले दिएका छन् । 

प्रअ थेवेका अनुसार याङ्शीला र चिउरी भञ्ज्याङ आसपासमा सोमबार रातिदेखि भीषण वर्षा भइरहेको थियो । खोला तर्ने क्रममा वर्षासँगै आएको बाढीले बगाएर बालकको मृत्यु भएको उनले बताएका छन् । बालकको मृत्यु भएपछि सिंगो गाउँ र विद्यालय शोकमा डुबेको थेवेले बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!