आईपिएल : गुजरातविरुद्ध दिल्ली चार रनले विजयी

सारांश :

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको जित निकालेको छ। अन्तिम ओभरमा तीन बल डट खेल्दा गुजरात चार रनले पराजित भएको हो ।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । २२५ रनको लक्ष्य पछ्याएको गुजरात आठ विकेटको क्षतिमा २२० रनमा समेटिएको हो । दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शन र डेभिड मिलरले बनाएको अर्धशतक पनि काम लागेन ।

गुजरातलाई सस्तैमा समेट्न दिल्लीका रसिक सलमानले सर्वाधिक तीन विकेट हात पारे । कुलदीप यादवले दुई विकेट लिँदा मुकेश कुमार, अक्षर पटेल र एनरिक नोर्त्जेले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २२४ रन बनाएको थियो । २२५ रनको चुनौतीका लागि दिल्लीका ऋषभ पन्तले नटआउट ८८ रन बनाए । ४३ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

९ खेलबाट ८ अंक जोडेको दिल्ली अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित गुजरात समान खेलमा ८ अंक जोड्दै सातौँ स्थानमा समेटिएको छ । आईपिएल अन्तर्गत बिहीबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बंग्लोरुबीच साँझ ७ः४५ बजे खेल हुनेछ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!