काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । बुधबार प्रतिताेला ५०० ले बढेकाे सुन बिहीबार भने २०० ले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ३५ हजार ८०० मा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीकाे मूल्य भने आज १५ रुपैंयाँले घटेर एक हजार ६५५ रूपैंयाँमा कारोबार भइरहेको छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts