संवैधानिक परिषद्को बैठक स्थगित

सारांश :

काठमाडौं । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको जानकारी राति मात्र आएको एक सदस्यले जानकारी दिए ।

बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । ‘आज सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो । तर राति फेरि स्थगित भएको सूचना आएको छ । कारण खुलाइएको छैन’,ती सदस्यको भनाइ छ । उनका अनुसार चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!