पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

सारांश :


लेन्ससँग १–१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ।पछिल्ला दश वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो।यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो ।

यो उपाधिसँगै पीएसजीले धेरैपटक लिग उपाधि जित्ने किर्तिमानलाई समेत बराबरी गरेको छ। सन् १९३५ देखि २००९ बिचको अवधिमा एएस सेन्ट इटेनी र ओलम्पिक लियोनले सर्वाधिक १०–१० पटक फ्रेन्च लिगको उपाधि जितेका थिए ।

गए राति सम्पन्न खेलमा पीएसजीका लागि लियोनल मेसीले ६८ औँ मिनेटमा सनसनीपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर लेन्सका कोरेन्टिन जिनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।बराबरी पछि लिगमा पीएसजीको ३४ खेलबाट ७८ अंक भएको छ भने दोस्रो स्थानको मार्सेको ३३ खेलबाट ६२ अंक मात्र छ।अब लिगमा चार चरणको खेल बाँकी भएको अवस्थामा दोस्रो स्थानको टोलीभन्दा १६ अंकले अगाडि रहँदै पीएसजीले उपाधिमाथि कब्जा जमाएको हो।

गत सिजनको समरमा बार्सिलोनाबाट पीएसजी आएका स्टार खेलाडी लियोनल मेसी पनि पीएसजीका लागि पहिलो उपाधि जित्न सफल भए।अर्जेन्टिनी खेलाडीको क्यारियरको यो ३९ औँ उपाधि हो।मेसीले बार्सिलोनाका लागि ३५ उपाधि जितेका थिए भने अर्जेन्टिनालाई ३ उपाधि दिलाउन उनी सफल भएका थिए।

फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने किर्तिमान भने ब्राजिलका डानी आल्भेसको नाममा छ। डानी आल्भेसले अहिलेसम्म ४२ उपाधि जितिसकेका छन्।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!