सुनकाे मूल्य बढ्याे

सारांश :

काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य सामान्य बढेकाे छ । सुनकाे मूल्य आज २०० ले बढेकाे हाे । गत बिहीबार एकैदिन २ हजार ६ सयले बढेर नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य त्यसयता घटबढ भइरहेकाे छ । शनिबार र आइतबार भने बिदाकाे दिन परेकाले काराेबार मूल्य ताेकिएन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ भने ताेलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!