जनता समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक ।

सारांश :

जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऊ , विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधाप्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शुन्यसहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरून्त कानुनी कार्वाही गरिने जनाएको छ । त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए । त्यस्तै स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाँउ गाँउमा स्वस्थकर पिउने पानी, फोहरमैला व्यवस्थापनका बिषय र बिपत व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताएका छन् ।

त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएर नै बिकासको योजनालाई अघि बढाउने प्रतिवद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पुराउने र तल्लोतहबाटै बिकास गर्ने योजना आफुहरुको रहेको उनको भनाई छ ।

जसपाले मधेसी, थारू, मुस्लिम, आदिबासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी-दलित, दूर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता गर्ने प्रतिवद्धता जनाएको छ । आधुनिक शौचालय सुविधा नपुगेका घर–परिवारलाई शौचालय निर्माण गर्न रू १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!