काठमाडौँ । सहकारी प्रकरणमा संसदीय छानविनको माग गर्दै कांग्रेसले गरेको विरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध भएको छ ।
बैठक सुरु हुने बितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका बिषयहरुलाई अघि बढाउन पटक पटक आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको भन्दै बस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले अस्वीकार गरेका थिए ।
कांग्रेस सांसदहरुले लगातार उठेर विरोध गरेपछि सभामुखले जेठ १३ गते बस्ने गरि बैठक स्थगित गरेका हुन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts