काठमाडौँ । देवेन्द गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका छन् ।
मंगलबार काठमाडौंको वीर अस्पताल पुगेर पत्रकार श्रेष्ठले पुरस्कारबापत प्राप्त एक लाख रुपैया मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले ८२ हजार रुपैया सहयोग गरेका थिए । करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले रु ५० हजार नगद पत्रकार दियालीलाई सहयोग गरे ।
एकजना पत्रकारलाई दुख पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनाका साथ आफुले प्राप्त गरेको पुरस्कारबापतको रकम पत्रकार दियालीलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।
मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुन् । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उनको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts