काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराएका छन् ।
आइतबार काठमाडौंको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले उम्मेद्वारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि शाहले स्थानीय तहमा स्वतन्त्र व्यक्ति पुगेर काम गर्दा सकारात्मक नजिता आउने दावी गरे । स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने आफुहरुको सिद्धान्त रहेको र आफुलाई युवाहरुको साथ रहेको उनले बताए । त्यस्तै उनले कांग्रेस र एमालेको भोट काट्नका लागि उम्मेद्वारी दिएको जित सुनिश्चित रहेको धारणा राखेका छन् ।
त्यस्तै आइतबार नै विवेकशील साझा पार्टीका उम्मेदवार समीक्षा बाँस्कोटाले पनि काठमाडौं महानगरको मेयर पदमा उम्मेद्वारी दताए गराएका छन् । उम्मेदवारी दर्ता गराउदै बाँस्कोटाले काठमाडौंमा बैंकल्पीक राजनीतिक शक्ति विवेकशील साझा रहेको बताए । उनले महानगरभित्रको समस्याको समाधानका लागि योजनावद्ध ढंगले काम गर्ने दावी गरेका छन् ।
ठूला दलका प्रतिनिधिहरुले भने काठमाडौंमा सोमबार मात्रै उम्मेदवारी दिने तयारी गरेका छन् ।