नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डल र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल भएको छ ।
काठमाडौंको एक होटलमा शनिबार भएको छलफलका क्रममा अमेरिकी संसद् सदस्यहरुले नेपालमा समृद्धिको आधार गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालको जनजिविका र समावेशी बिकासमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल–अमेरीका संसदीय समूहका संयोजक डा मिनेन्द्र रिजालले जानकारी दिएका छन् । जलवायु परिवर्तनको जोखिमसंग जुध्न र त्यसको जोखिम कम गर्ने बिषयमा पनि छलफल भएको उनले बताए । त्यस्तै अमेरिकी सांसदहरूले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाको भूमिकाको प्रसंसा गरेको थियो भने एमसीसीको प्रभावकारी कार्यान्वयनका बिषयमा पनि छलफल भएको रिजालले बताए ।
आगामी सोमबार नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुन लागको अवसरमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आएको हो ।