स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको छ -नेपाली कांग्रेस

सारांश :

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलको गठबन्धन सफल भएको जनाएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले तालमेलका क्रममा कांग्रेसका साथै गठबन्धन दलहरुले पनि सफलता हासिल गरेको दावी गरेका छन् । उनले गठबन्धनसंग डराएर एमालेले केहि स्थानमा धाँधली गरेको आरोप लगाए । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका केन्द्रीय नेताकै संलग्नतामा जबरजस्ती थर्काएर मतपेटिका जिल्ला पुराइएको र कांग्रेसले स्वीकार गर्ने अवस्था नरहेको उनले बताए । उनले उक्त स्थानमा कुनै प्रभावमा नपरी पुन निर्वाचन गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको धारणा राखेका छन् । त्यस्तै उनले पार्टीमा अन्तर्घातको समस्या समाधान नभएको भन्दै पार्टीमा अन्तर्घात नभइदिएको भए चार सय तहमा जित हासिल गर्ने जिकिर गरेका छन् ।

त्यस्तै उनले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय मूल्यवृद्धि नेपालको नियन्त्रण भन्दा बाहिर रहेको र अझै पनि सरकारले धेरै ठूलो अनुदान सरकारले दिइरहेको बताउनुभयो । उहाले जनतालाई कम असर पर्ने गरि काम गर्नुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताए ।

कांग्रेस नेतृत्वको सरकार जनतालाई मूल्यवृद्धिको मार नपर्ने अवस्था बनाउन हरप्रयास गरिरहेको पनि उनले बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!