नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागि गराइने

सारांश :

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागि गराइने भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । त्यस्तै ठेलो र क्यानोनिङ खेललाई प्रदर्शनी खेलका रुपमा राख्ने निर्णय भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले जेठ २२ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि निर्देशिका समेत पारित गरेको छ ।

राष्ट्रिय खेलकुदमा अनुमानीत ६ हजार ८ सय खेलाडी , एक हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र एक हजार निर्णायक रहने घिसिङले बताए । त्यस्तै १९ औं एशियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने निर्णय भएको छ । बैठकले चीनमा हुने एशियन गेम्सका लागि चाँडै खेलाडीको तयारी पनि सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । एशियाली खेलकुदमा १५० खेलाडी, २८ प्रशिक्षक, २० व्यवस्थापक सहभागी हुने अनुमान गरिएको घिसिङले बताएका छन् ।

राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका पारित गर्ने निर्णय गरेको छ भने जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!