नेकपा एमालेनिकट बिद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
संगठनले सोमबार काठमाडौैंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसअगाडी मसाल जुलुस प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकार बिरुद्ध नारा लगाएका थिए । उनीहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने जनाएको छ । नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ बृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।