काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएका बिजुलीका लाइन आजै जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको आजको बैठकमा दुई जनाले फरक मत राखे पनि बहुमतले उद्योगीहरुका लाइन जोड्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत बक्यौता उठाउने गरी लाइन जोड्नको लागि ड्राफ्ट तयार गरेको थियो । प्राधिकरण सञ्चालक समितिले तयार पारेको ड्राफ्टमा हस्ताक्षर गरेपछि लाइन जोड्न सुरु हुने जनाइएको थियो । उक्त ड्राफ्टमा एक जनाको हस्ताक्षर भएको र दुईजनाको फरक मत आएको हो ।
गत शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत लाइन जोड्न निर्देशन दिएका थिए । तर, सञ्चालक समितिले लिखित निर्देशन नआई लाइन जोड्न नसकिने भनेपछि काम रोकिएको थियो ।
प्रधानमन्त्री ओलीले बालुवाटरमा उद्योगी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जामन्त्री दीपक खड्का, उद्योगी पशुपति मुरारका र उद्योग मन्त्री दामोदर भण्डारी राखेर समस्या सुनेका थिए ।
लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता उठाउने विषय विवाद हुँदै आएको छ । विद्युत प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न सुरू गरेको थियो ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts