होटलको एउटै कोठामा महिला र पुरूष मृत फेला

सारांश :

काठमाडौँ । जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ । कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा दुवै जना झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । उनीहरु चार दिनदेखि त्यस होटेलमा बसेका थिए । पुरूषको चार र महिलाको १ सन्तान छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!