सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाडेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिवार र आइतवार सार्वजनिक विदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमवार अदालतमा उपस्थित गराएको हो । २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।
सम्बन्धित समाचारहरु:
ध्वजासहितको लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु हुँदै
पथलैया–हेटौँडा सडक एक साताभित्र तयार हुँदै
काठमाडौंलाई उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्छु -सिर्जना सिंह
युक्रेनी विद्यालयमा बम विष्फोटमा - ६० भन्दा बढीको मृत्यु
म्याग्दीकाे बेनीमा विद्यालयकाे कक्षा कोठामा बाढी पस्याे
एनआरएनए ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुने