सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाडेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिवार र आइतवार सार्वजनिक विदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमवार अदालतमा उपस्थित गराएको हो । २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।
सम्बन्धित समाचारहरु:
एमालेमाथि गाली गरेर कांग्रेसले घोषणापत्र जारी गर्यो - अध्यक्ष केपी शर्मा ओली
आज यी राशि हुनेहरूको चम्किनेछ भाग्य, हेर्नुहोस् राशिफल
काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा
नेपालले जिम्बावे ’ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जित्यो
तलबभत्ता नपाएको भन्दै शिक्षकको आन्दोलनले सप्तरीका सात हजार विद्यार्थी प्रभावित
टरवाइनको परीक्षण अन्तिम चरणमा