सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाडेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिवार र आइतवार सार्वजनिक विदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमवार अदालतमा उपस्थित गराएको हो । २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।
सम्बन्धित समाचारहरु:
मानसिक स्वास्थय सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै
परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय
तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईको मृत्यु
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम
नेकपा एकीकृत समाजवादीले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर...
प्रधानमन्त्री ओली र डा.सन्दुक रुइतबीच भेटवार्ता, के भयो कुराकानी ?