सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाडेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिवार र आइतवार सार्वजनिक विदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमवार अदालतमा उपस्थित गराएको हो । २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।
सम्बन्धित समाचारहरु:
क्षयरोगबाट तनहुँमा छ महिनामा सातको मृत्यु
मुलुकलाई दुर्घटनाबाट बचाउने काम गठबन्धनले गरेको छ -नेपाली कांग्रेस
मन्त्री भण्डारीले भने : लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित - महा...
बङ्गलादेशका पाँच नागरिक प्रहरीको नियन्त्रणमा