आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएकाे जानकारी अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको थियाे । बसमा अन्दाजी ४० जना भारतीय नागरिक रहेको बताइए पनि औपचारिकरूपमा पुष्टि हुन भने बाँकी छ । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीले उद्धार गरिरहेका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts