बागमती प्रदेशमा बहादुर सिंह लामाले आजै मुख्यमन्त्रीको लागि दाबी प्रस्तुत गर्ने

सारांश :

काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले मन्त्रालय भागबन्डाको सहमति गरेका छन् । कांग्रेस–एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने भएका हुन् ।


१३ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने गरि सहमति भएको छ । यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!