नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाबाहेकका स्थानीय तहमा गठबन्धनबीच सन्तोषजनक तालमेल हुन नसकेको बताएका छन् ।
नेकपा स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गबठन्धनको तालमेलमा जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताए । उनले देशैभर आफ्नो पार्टीको संजाल र संगठन रहेको भन्दै हरेक पालिकमा कुनै न कुनै पदमा सहभागीता गर्नुपर्ने दावी गरे । महानगर र उपमहानगरपालिकामा गठबन्धनबीच भएको तालमेल भने निकै राम्रो भएको उनको भनाई छ ।
उनले यसअघि एमालेले जितेको स्थानमा पनि एकीकृत समाजवादीको दावी रहेपनि अन्य दलभित्र आकांक्षि बढेपछि समस्या बढेको बताए । त्यस्तै अध्यक्ष नेपालले एमालेका धेरै नेताहरु समाजवादी प्रवेश गरेर केपी ओलीको कुर्सीको खुट्टा भाँचिएको तर्क गरेका छन् । एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर समाजवादीमा आउन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा पिताम्बर तिम्सिना लगाएतलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराएका थिए ।