एजेन्सी । पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमणमा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको स्रोतले जनाएको छ । स्रोतले इजरायली सेनाले रातिदेखि बिहानसम्म पट्टीका क्षेत्रहरूमा हवाई र तोपखाना आक्रमणहरू शुरू गरेको बताएको छ ।
इजरायली विमानले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरको पश्चिममा रहेको आवासीय घरलाई निशाना बनाउँदा छ जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । उक्त घटनामा घाइते भएका सबैजनालाई अस्पताल लगिएको छ । विमानहरूले पट्टीको बीचमा अल–जावैदा सहरमा विस्थापित मानिसहरूको लागि अर्को घरमा बमबारी गर्दा १० व्यक्तिको मृत्यु भयो ।
इजराइलका विमानहरूले गाजा सहरको दक्षिणमा रहेको अल–जायटौन छिमेकमा घरहरू र कृषि भूमिमा आक्रमण गरेका थिए । आक्रमणमा दुई जनाको मृत्यु भएको छ । सहरको दक्षिणपश्चिममा रहेको ताल अल–हवा छेउछाउमा तोपको गोली लागेर अन्य १० जना घाइते भएका छन् ।
इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पूर्वी बाहिरी भागमा बमबारी गर्दा भौतिक क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यसैबीच दक्षिणी गाजा सहर रफाहमा इजराइली हवाई हमला र तोपको बमबारीका कारण पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts