उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयात घटाउदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड नदिएका छन् ।
आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले मुलुकको व्यापार घाटा निकै बढ्दै गएको अवस्थामा आयात घटाउदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको हो ।उनले अनुभव हुने गरि आर्थिक क्षेत्रको सुधारका लागि आवश्यक कार्यक्रम बनाउनुपर्ने धारणा राखे । उनले पेट्रोलियम पदार्थको बिकल्प खोजेर समाधानको उपाय खोज्नुपर्ने बताए । पेट्रोलियम पदार्थको उपभोग कम गर्नका लागि विद्युत्को प्रयोग नै बढाउनुपर्ने उनले बताएका छन् । मन्त्री बडूले निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिने विषयमा छलफल भइरहेका धारणा राखेका छन् ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बढाउन नभएर उपभोग घटाउन ब्याजदर बढाइएको बताए । अधिकारीले ब्याजदर बढाएपनि उपभोक्ताहरू जतिपनि मूल्य तिर्न तयार रहेको पाइएको जिकिर गरे । अधिकारीले अहिलेको विश्व अर्थतन्त्रमा समस्या देखिएकाले नेपालमा पनि त्यसको असर पर्नु सामान्य भएको बताए ।
त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राख्न इन्धनमा करको दर घटाउनुपर्ने बताएका छन् । उनले विद्युतिय उपकरणको प्रयोग बढाउनुपर्ने, निर्माणाधिन जलविद्युत आयोजना समयमै सम्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने सुझाव दिएका छन् ।
महासंघले माटो परीक्षणदेखि कृषिउपजको बजारीकरणसम्मको प्रक्रियामा आमूल परिवर्तन हुने गरी कृषि इकोसिस्टम विकास कार्यक्रम सुरु गर्ने, प्रत्येक गाउँपालिकामा कम्तीमा एक कृषिबजार र चिस्यान केन्द्र स्थापना गर्नुपर्ने, शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोडनुपर्ने लगाएतका सुझाव दिएको छ । त्यस्तै भारतलक्षित उच्च मूल्य अभिवृद्धि हुन सक्ने योजना ल्याउन निजी सार्वजनिक साझेदारी आवश्यक रहेको महासंघको भनाइ छ ।