शनिबारराती आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका बिभिन्न ठाउमा कृषकले लगाएको केरा खेतिमा ठूलो क्षति पुर्याएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएतको केरा खेतीमा पनि ठूलो क्षति पुर्याएको छ भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको २ सय केराका घार भुईमा ढलेका छन । पसाईसकेका र भर्खर पसाउन लागेका केरामा क्षति पुगेको पाण्डेले बताए । एक घारमा केराको कोसाबाट १ हजार देखि १२ सय सम्म पर्ने गर्थो तर सबै हावाले बोट सगै फलमा असर परेको छ । साढे २ लाख देखि ३ लाख सम्मकोे मुल्यको क्षति भएको पाण्डेकोे भनाई छ ।
परम्परा गर्त खेति गर्न भन्दा यस खेतिबटा राम्रो आम्दानी र छिटो सफलता हुने भए पछि पाण्डेले २ वर्ष देखि केरा खेति गर्दै आएका छन् ।
सम्बन्धित समाचारहरु:
उम्मेद्वार केशव स्थापीत विवादमा तानिए
गोरखामा पहिरोमा परेर चार जना बेपत्ता, दुई घाइते
निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह - दि...
प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको ज्यान गयो
२० लाख बालबालिकाले दादुराको खोप लगाए