नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको छुट्टै महत्व रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको बताएका हुन् । एउटा दलको घोषणापत्रमा नै भ्युटावर नवनाउने घोषणा गरेको भन्दै ओलीले बिश्वमा नै भ्युटावरको छुट्टै महत्व रहेका पुष्टि भएको जिकिर गरे । त्यस्तै अध्यक्ष ओलीले नेपालीहरू जातैले कवि भएको भन्दै हरेक नेपालीको नामको पछाडि ’कवि’ लेखिदिए हुने धारणा राखेका छन् । काव्यको रचना‚ छन्दको रचना धेरै पहिलादेखि नै नेपालकै भूमिमा हुने गरेको सुन्दा खुसी लाग्ने उनको भनाई छ । ओलीले हतियारको बाण भन्दा शव्दको बाणमा धेरै गहिराई हुने भएकाले कविता, मुक्तकहरुको छुट्टै अर्थ रहेको बताए ।
त्यस्तै उनले कवित्व भन्ने भाव यस धर्तिमा हजारौं वर्षअघि नै रहेको पनि बताए ।