‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व पृथ्वी दिवस मनाइएको छ ।
दिवसको अवसरमा युवाहरुले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔं भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ ।
बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।
सम्बन्धित समाचारहरु:
को छन् त "Routine OF NEPAL BANDA" ग्रुप को पछाडी ?
तिमाल जात्रा अन्तर्गत बौद्धमा मेला
जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय
KGF: च्याप्टर 2: 'रकी भाइ' यशको रकिङ कमब्याक हेर्नु अघि, तपाईंले फिल्मको उत्पत्त...
गोविन्द वियोगी पत्रकारिता पुरस्कार राजेन्द्र बानियाँलाई प्रदान
RRR बक्स अफिस : तेह्र दिन मा ९५० करोड सङ्कलन