कानेपाल शिक्षक महासंघबाट अनुरोध भईआएकोले पोशाक परिवर्तन गरिएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जनाएको थियो । परिवर्तित पोशाकमा कालो जुत्तामा सुविधा अनुसार छालाको, कपडाको वा स्पोर्टस सुज लगाउन सकिने छ । टाइ, मोजा, टोपी आफ्नो रुची र सुविधा अनुसार लगाउन वा नलगाउन सकिने शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जनाएका छन् । यहि शैक्षिक सत्रबाट लागू हुने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शुक्रबार पोशाकको ड्रेस कोड परिवर्तन गर्ने निर्णय गरेको थियो ।ठमाडौं - सामुदायिक विद्यालयका शिक्षकको परिवर्तित नयाँ पोशाक ड्रेस कोडको नमूना* यस प्रकार रहेको छ । सामुदायिक विद्यालयका शिक्षकको पोशाक ड्रेस कोड परिवर्तन गरिएको छ । यहि शैक्षिक सत्रबाट लागू हुने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शुक्रबार पोशाकको ड्रेस कोड परिवर्तन गर्ने निर्णय गरेको हो । साडी, ब्लाउज, कुर्ता सुरुवालमा परिवर्तन नगरिएको तर अन्य पोशाकको रङ परिवर्तन गरिएको छ । अब शिक्षकको सुट अर्थात् कोट प्याण्टको रङ गाढा खैरो, सर्ट हल्का निलो, ज्याकेट गाढा खैरो, स्वेटर कलेजी र जुत्ता कालो हुने छ । यो पोशाक महिला पुरुष दुबैका लागि रहेको र ज्याकेट र स्वेटर मौसम अनुसार हुने निर्णय भएको केन्द्रले जनाएको छ । शिक्षक महासंघबाट अनुरोध भईआएकोले परिवर्तन गरिएको भन्दै केन्द्रले उक्त निर्णयको परिपत्र जिल्ला स्थित सबै इकाइ र पालिकालाई पठाएको छ । पोशाकको नमूना महासंघबाट पाउन सकिने जनाईएको छ ।

सम्बन्धित समाचारहरु:
प्रतिबन्धित लागुऔषधसहित झापाबाट ३ जना नियन्त्रणमा
गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौं नारा सार्वजनिक
रुकुम पश्चिमका भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा
पानीको बिलसमेत तिर्न नसक्ने भीभीआईपी र भीआईपी
उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला
महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण