मधुमेहलाई ध्यान दिएर खानेकुरा चाहिन्छ, विशेष गरी गर्मीमा जब दिन लामो हुन्छ र उच्च तापक्रम र आर्द्रताले तपाईंको रक्त स्तरमा प्रतिकूल प्रभाव पार्न सक्छ। राम्ररी हाइड्रेटेड हुनु (well-hydrated), स्टार्चयुक्त (starchy)खानेकुरा त्याग्नु र उच्च फाइबरयुक्त आहारले मधुमेह भएका मानिसहरूलाई तातो मौसममा स्वस्थ रहन मद्दत गर्छ । पर्याप्त मात्रामा पानी पिउनु बाहेक नरिवलको पानी, कागतीको जुस र कम्बुचाहरु स्वस्थ लागि राम्रो मानिन्छ । गर्मीमा ताजा तरकारी सलादहरू मध्य-खानाको एक राम्रो खाजा हो, जबकि केरा, स्याउ जस्ता फलफूलहरू पनि तपाईंको गर्मीका साथीहरू हुन । १.पिउनु पर्ने कुराहरु: - चिनी रहित कागती पानी - नरिवलको पानी - फलफूल मिसाइएको पानी - हर्बल चिया - हरियो, कालो, वा oolong जस्ता थपिएको चिनी बिना चिया - कागतीको रस - चिया पानीनरिवलको पानी २.तरकारीहरु: - पालक - ब्रोकाउली - बीट्स - काउली ३.फलफूलहरुमा: - स्ट्रबेरी - रास्पबेरी - ब्ल्याकबेरी - ब्लूबेरी - सुन्तला - पीचहरू - बेर - नाशपाती धेरै ताजा फलफूलहरूले रगतमा ग्लुकोजको स्तरमा तीव्र वृद्धि गर्दैन जुन अन्य कार्बोहाइड्रेट युक्त खानाहरू जस्तै रोटीको । तपाईंको गर्मीको आहारमा केरा, स्याउ र जामुन जस्ता कम कार्बोहाइड्रेट, फाइबर युक्त फलहरू समावेश गर्यौ भने एसले अचम्मको काम गर्छ ।