काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने १ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँ कायम भएको छ ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts