नेपालगन्ज उपमहानगरपालिकामा बिजयी भएका जनप्रतिधिहरुले बिजय र्याली निकाले

सारांश :

नेपालगन्ज उपमहानगरपालिकामा बिजयी भएका जनप्रतिधिहरुले बिजय र्याली निकालेका छन् ।

गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका थिए । नेपालगन्जको जमुनाहाबाट सुरु भएको र्यालीले नगरको विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

र्यालीमा बाँके क्षेत्र नम्बर २ का सांसद एवम् जसपाका नेता मोहम्मद ईस्तियाक राई, लुम्बिनी प्रदेशका वन मन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमाल, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्जका नगर प्रमुख विष्ट, उपप्रमुख राई लगायत नवनिर्वाचित जनप्रतिनधी, गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

नेपालगन्जको नगर प्रमुख र उपप्रमुख पदमा पाँच दलबीच गठबन्धन भएपनि २३ वटा वडामा भने छुट्टा छुट्टै लडेका थिए । नेपालगन्जको वडामा गठबन्धन दलले बहुमत प्राप्त गरेका छन् । २३ वटा वडा रहेको नेपालगंज उपमहानगरपालिकामा जसपाले १ उपमेयरसहित ६ वटा वडा, नेपाली कांग्रेसले १ मेयरसहित ५ वटा वडा, एमालेले ५ वटा वडा, माओबादी केन्द्रले ४ वटा वडा र राप्रपाले ३ वटा वडा जितेको छ । आठवटा पालिका रहेको बाँकेमा अहिलेसम्म सातवटा पालिकाको नतिजा आईसकेको छ । नेपाली कांग्रेसले ५, जसपा र माओबादीले १-१ वटा पालिका जितेका छन ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!