रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।
शनिबार सम्पन्न मतगणनामा मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी भएका हुन् । मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा भटराईले २२ हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै उपमेयरमा एमालेकी उम्मेदवार अर्यालले २४ हजार नौ सय चार मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार नौ सय ८० मत प्राप्त गरेका छन् । मतपरिणाम आएपछि बिजय र्याली निकालिएको थियो ।
सम्बन्धित समाचारहरु:
बाढी पीडितको उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
कांग्रेसले खराव प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनायो -अध्यक्ष केपी श...
जनतासंग गरेका प्रतिवद्धता पुरा गर्छु - उम्मेदवार सिर्जना सिंह
कुलमान भन्छन्ः प्रमाणको आधारमा उद्योगीहरूलाई छुट बिल जारी गरिएको छ
प्रतिबन्धित लागुऔषधसहित झापाबाट ३ जना नियन्त्रणमा
निर्वाचन खर्चका बिषयमा जथाभावी नबोल्न नेता शशांक कोइरालालाई निर्वाचन आयोगको आनुर...