रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।
शनिबार सम्पन्न मतगणनामा मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी भएका हुन् । मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा भटराईले २२ हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै उपमेयरमा एमालेकी उम्मेदवार अर्यालले २४ हजार नौ सय चार मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार नौ सय ८० मत प्राप्त गरेका छन् । मतपरिणाम आएपछि बिजय र्याली निकालिएको थियो ।
सम्बन्धित समाचारहरु:
निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी...
प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
गठबन्धन अब धेरै दिन टिक्दैन - अध्यक्ष केपी शर्मा ओली
सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह