रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।
शनिबार सम्पन्न मतगणनामा मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी भएका हुन् । मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा भटराईले २२ हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै उपमेयरमा एमालेकी उम्मेदवार अर्यालले २४ हजार नौ सय चार मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार नौ सय ८० मत प्राप्त गरेका छन् । मतपरिणाम आएपछि बिजय र्याली निकालिएको थियो ।
सम्बन्धित समाचारहरु:
आजकाे माैसमः तीन वटा प्रदेशमा वर्षाको सम्भावना
अर्जुन दासको विभत्स हत्यामा संलग्न चार जना पक्राउ
अभिनेता विजय बाबु यौन दुव्र्यवहार मुद्दामा पक्राउ पूर्व जमानतको लागि केरला उच्च ...
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
कामीरिता शेर्पाले ताेडे आफ्नै रेकर्ड, २९औं पटक सगरमाथा आराेहण
बस दुर्घटना हुँदा १४ जना घाइते