नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

सारांश :

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको हो ।

सेन्सेटिभ इण्डे‍क्स २.६१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा अडिएको छ। दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ ।

यसदिन ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । धवलागिरि लघुवित्त वित्तीय संस्था र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

किसान लघुवित्त वित्तीयको ९.९१,कर्णाली डेभलपमेन्टको ९.२३ र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ९.२३ प्रतिशतले सेयर मूल्य बढेको हो।कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको १ अर्ब २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

अधिकांश समूहको उपसूचक राताम्मे देखिएका छन् । ट्रेडिङबाहेक अन्य १२ वटा समूहको उपसूचक नकारात्मक देखिएका हुन् । कारोबारमा आएका ४९ कम्पनीको मूल्य बढ्दा १८७ वटाको घट्यो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!