नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघिको आफु नेतृत्वको सरकारले मुलुकको बिकासका धेरै काम गरेको दावी गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित युवासंग केपी ओली कार्यक्रममा उहाले आफ्नो नेतृत्वको सरकारले सडक निर्माणदेखि बिभिन्न बिकासका काम गरेको दावी गरेको गरेका छन् । उनले सडक बालबालिकामुक्त बनाइएको, बिभिन्न बिमानस्थललाई स्तरोन्नती गरिएको जानकारी दिए । अध्यक्ष ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिदबिक्री नहुने दावी गरेका छन् । राजनीतिक क्षेत्र कसैको ठेक्का पट्टाको विषय नभएको पनि उनले बताए । अध्यक्ष ओलीले मुलुक लोडसेडिङमुक्त भनिएपनि उद्योगहरुमा लोडसेडिङ भइरहेको र चार रुपैयामा भारतलाई बिजुली बेचेर महङ्गोमा भारतबाटै खरिद गरिरहेको आरोप लगाएका छन् ।
उनले जिवनको विकासका, खोज, अध्ययन र अनुसन्धानका लागि नेपाल अनुकुल भूमी रहेको भन्दै यसको उचित उपयोग गर्नुपर्ने बताएका छन् ।