काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार स्थिर रहेकाे सुनकाे मूल्य बिहीबार एकैदिन २ हजार ६ सयले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । याे मूल्य हालसम्मकै उच्च हाे । यस्तै बिहीबार चाँदीको भाउ भने ताेलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ५५५ मा काराेबार भइरहेकाे छ ।
सम्बन्धित समाचारहरु:
बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाद्वारा धुलो दूधको परीक्षण उत्पादन सुरु
सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, आज कति छ तोलाको ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?
सात महिनामा रु आठ खर्ब ३९ अर्ब विप्रेषण
नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह
अघिल्ला ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा आज केही सुधार