दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउ गर्ने तयारी

सारांश :

काठमाडौं । अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । रविका समर्थकहरु यतिबेला पोखराकेन्द्रित आन्दोलनमा छन् । उनीहरुको आन्दोलन भने शान्तिपूर्ण नै छ ।

रविको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको पनि साथ र समर्थन रहेको बताईन्छ । उनी यतिवेला पोखरामा नै रहेको स्रोतले जनाएको छ । सरकारले प्रसाईंलाई पक्राउ गर्नेगरि तयारी थालेको छ । गृह प्रशासननिकट उच्च स्रोतकाअनुसार प्रसाईंलाई तत्कालै पक्राउ गर्नेगरि तयारी थालिएको छ ।

प्रसाईंमाथि सम्पत्ति शुद्धिकरण लगाउने चर्चा पनि छ । प्रसाईंमाथि प्रहरीले झापाको बिर्तामोड गिरिबन्धु टि–स्टेट नजिक उनका समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेको र सो घट्नामा चालकको निधन भएको घट्नामा प्रहरीले अनुसन्धान जारी राखेको थियो ।

निधन भएका चालक भारतीय नागरिक हुन् । आफ्नो नागरिकलाई आगो लगाएर हत्या गरिएको भन्दै भारत सरकारले पनि चासो राखेको थियो । प्रसाईं साइबर क्राइममा पक्राउ परेकै बेलामा उनका समर्थकले आन्दोलन गर्दा यस्तो घट्ना घटेको थियो ।

आगलागीबाट ट्र्कको अगाडिको भाग पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए । उनको सुरुमा झापामै र पछि नर्थ बंगाल मेडिकल कलेजमा उपचार गरिएको थियो । र, उक्त मेडिकल कलेजमा निधन भएको थियो

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!