मोडल अर्जुन तिरुवाद्धारा अभिनित ‘कृष्ण पुकार’ सार्वजनिक (भिडियोसहित)

सारांश :

काठमाडौँ । कृष्ण जन्माष्टिमीको सु–अवसर पारेर मोडल अर्जुन तिरुवाको अभिनयमा रहेको ‘कृष्ण पुकार’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा मोडल एलिशा इरिसले साथ दिएकी छिन् ।

गीतमा गायक नेत्रराम महतको सुमधुर स्वर सजिएको छ भने शब्द रचना र संगीत संयोजन पनि स्वंयम गायककै रहेको छ ।

के.बी. भण्डारीको एरेन्ज रहेको यस गीतमा मिक्स तथा मास्टरिङ् गोविन्द सोनीको रहेको छ । अनामनगरमा रहेको एक्सन स्टुडियोमा रेर्कडिष्ट कर्ण सञ्ज्यालले रेर्कड गरेका हुन् ।

चर्चित निर्देशक मनिष श्रेष्ठको निर्देशनमा तयार पारिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन तथा छायांकन अमन बडुले गरेका हुन् ।

गीतको भिडियोलाई नेत्रराम महत नामक यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिंक क्लिक गर्नुहोस् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!