समाचार

डा. केसीसँग वार्ताका लागि सरकारी टोली धनगढी पुग्यो, आइतबार हुनेछ औपचारिक वार्ता

By अर्जुन भट्टराई •

डा. केसीसँग वार्ताका लागि सरकारी टोली धनगढी पुग्यो, आइतबार हुनेछ औपचारिक वार्ता

धनगढीमा सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढी पुगेको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित यस समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव पनि सदस्यका रूपमा रहेका छन्। तीनै जना प्रतिनिधि धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा डा. केसीलाई भेट्न पुगेका थिए।

सरकारी वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेको भए पनि औपचारिक वार्ता भने अझै भएको छैन। डा. केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीले भने, ‘केसीसँग भेटेर सरकारी टोली फर्किसकेको छ। आज अनौपचारिक छलफल मात्रै भयो, औपचारिक वार्ता आइतबार मात्रै हुनेछ।’

डा. जैसीका अनुसार डा. केसीको तर्फबाट माग स्पष्ट रूपमा अघि सारिसकिएको छ र अब सरकारी टोली त्यसमा कसरी प्रस्तुत हुन्छ भन्ने कुरा नै महत्त्वपूर्ण छ। उनले भने, ‘डा. साबले उठाउनुभएका विषयमा सरकार कति गम्भीर छ भन्ने कुरा महत्त्वपूर्ण हो। डा. केसी आफ्ना कुराबाट पछि हट्ने अवस्थामा हुनुहुन्न।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.