समाचार

डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढी पुगे, आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार पनि जाने

By अर्जुन भट्टराई •

डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढी पुगे, आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार पनि जाने

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल डा. गोविन्द केसीसँग वार्ता गर्न धनगढी पुगेका छन्।

मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा कुराकानी गरेका थिए। त्यसपछि अनशनको सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सचिव पौडेललाई तत्काल धनगढी पठाइएको हो।

यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ।

सरकारले वार्ताका प्रयासहरू तीव्र पारेको छ र डा. केसीको अनशनको निकास वार्तामार्फत नै खोज्ने सरकारको प्रयास जारी छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.