काठमाडौं । राष्ट्रियसभाको बैठक आज सोमबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने छन्। यही नै आजको बैठकको मुख्य कार्यसूची रहेको छ।
