प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्छ -प्रधानमन्त्री शेरबहादुर देउवा

शाराम्स

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदुरपश्चिममा बिकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताउनुभएको हो । प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उहाले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भौगोलिक बिकटता लगाएतका कारणले सुदुरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उहाको भनाई छ । त्यस्तै उहाले सुदुरपश्चिमलाई बिकासको हव बनाउनका लागि दोधरा चादनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा पछिपरेका स्थानमा समान बिकासका लागि सवैको सहकार्य आवश्यकतामा जोड दिनुभयो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!