निजगढमा अन्तराष्ट्रिय विमानस्थल नवनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा बिरोध

बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नवनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन भएको छ ।

निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण बिकास पक्षधरहरुले उक्त बिमानस्थल अघि बढाउन दिनुपर्ने भन्दै शनिबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त बिमानस्थल बनाउदा देशलाई हानी हुने गरि कुनै बिनास नहुने बताएका थिए । त्यस्तै उनीहरुले कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, सर्वोच्चको दुर्भाग्यपूर्ण फैसला पुनबिचार गर, खर्च हाम्रो भै सक्यो फिर्ता कसरी आउछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । कुनै पनि बिकासमा बिनास हुन सक्ने भन्दै २४ लाख रुख काटिने कुरा अनावश्यक प्रचार भएको उनीहरुले बताएका छन् ।

सर्वोच्च अदालतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!