कांग्रेसका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको छ – अध्यक्ष माधव कुमार नेपाल

सारांश :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताउनुभएको हो । समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको उहाले बताउनुभयो । माओवादीभित्र पनि यस्तै स्थीति रहेको उहाको भनाई छ ।

उहाले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रसंसा गर्नुभयो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!