नेपाल इजरायलबीचको सम्बन्ध अझ सुमधुर हुँदै जान्छ – मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल इजरायलबीचको लामो समयदेखिको सम्बन्ध अझ सुमधुर हुँदै जाने बताउनुभएको छ ।

दुई देशबीच दौत्यसम्बन्ध कायम भएको ६२औँ वर्षगाँठका अवसरमा नेपालस्थित इजरायली राजदूतावास र बिपी सङ्ग्रहालय समितिले बुधबार सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको कार्यकालमा दुईदेशबीच सम्बन्ध स्थापना भएको बताउनुभयो । तत्कालीन समयमा इजरायलसँग सम्बन्ध गाँस्नु चुनौतीको काम भए पनि बिपी कोइरालाले त्यसलाई सुझबुझका साथ पूरा गर्नुभएको मन्त्री कार्कीले बताउनुभयो । इजरायलले कृषिमा गरेको उन्नति नेपाली युवाका लागि पनि सिक्न लायक रहेको भन्दै उहाले त्यहाँको प्रविधिबाट कृषि क्षेत्रमा काम गर्न सक्ने उहाले बताउनुभयो ।

नेपाल इजराजयलबीच सन् १९६० जुन १ तारिखका दिन दौत्य सम्बन्ध स्थापना भएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!