सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णय

सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैे सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो । नेपालमा ठूला साना गरी ३५–४० उद्योगहरु सञ्चालनमा रहेको संघले जनाएको छ । बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५% रहेको भन्सार महशुल अव १.५% मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने अन्त शुल्क वारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको छ । तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुने ठहर संघले गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डोलराज अधिकारीले ०७९-८० को बजेटले प्याड उद्योगीहरुमाथि अन्यायमा परेको गुनासो गरे । नेपालमा जम्मा खपत ३० करोड हुने भन्दै आवश्यक ९० करोड उत्पादन गर्ने क्षमता नेपाली उद्योगमा रहेको उल्लेख गरेका छन् ।

डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन नीजि क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!