गठबन्धन दलको बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयरको बाँडफाँटमा सहमति

सारांश :

सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको बाँडफाँटमा सहमति जुटाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलको बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयर बाँडफाँटमा सहमति जुटाएको हो ।

सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ । त्यस्तै कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरको उपप्रमुख पाएको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ भने ललितपुर महानगर , धरान र धनगढी उपमहानगरको उपप्रमुख पाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको छ भने काठमाडौं महानगर, इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुख दिने सहमति भएको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको भने बिराटनगर तथा कलैया र नेपालगंजको उपप्रमुख पाएको कार्कीले बताए ।

उनले गठबन्धनको मापदण्ड र सहमतिका आधारमा सम्बन्धीत समितिहरुको बैठकबसि अविलम्व सिट बाँडफाँट तथा उम्मेद्वारहरुको चयन गर्न निर्देश गरेको बताउनुभयो । त्यस्तै सहमति बन्न नसकेको अवस्थामा गठबन्धनभित्रै मित्रवत प्रतिष्पर्धा गर्न सकिने समझदारी बनेको कार्कीले जानकारी दिए ।

गठबन्धनको सहमति पत्रमा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!